प्रधानसेनापति शर्मालाई भारतीय प्रधानसेनापतिको मानार्थ उपाधी

प्रधानसेनापति शर्मालाई भारतीय प्रधानसेनापतिको मानार्थ उपाधी

  • बिहिबार, मंसिर २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका प्रधान सेनापति अशोकराज सिग्देललाई स्थल सेनाको महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्।

बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह पाएका हुन्। सिग्देल अहिले भारतको औपचारिक भ्रमणमा छन्।

‘नेपाल(भारतबीचको सांस्कृति, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहेको छ,’ नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिहीबार नै प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गरेका थिए।

त्यस्तै उनले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ