काभ्रे, २४ मंसिर । काभ्रेबाट दुई जना सुन सहित पक्राउ परेका छन । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. १३ को डठु टोल स्थितमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा खटि गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको बागमती बि एडि ८६०१ नम्बरको निलो रंगको कारबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेम चालक काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३७ को बसन्त कुमार लामा र सोही कारमा सवार रामेछाप नगरपालिका वडा नं. १ स्थायी वतन भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ५ को घोगेचौर बस्ने बर्ष २९ को अमृत श्रेष्ठलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त कारको पछाडीको सिट मुनी पत्रिकामा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा चारपाते सुन जस्तो देखिने पहेंलो ढिक्का थान-७ (सात) र सुन जस्तो देखिने पँहेलो धातुले बनेको सिक्री थान-१ (एक) नियन्त्रणमा लिएको हो ।
पक्राउ गेरेको धातु मान्यता प्राप्त नेपाल सुनचाँदी व्यवसायी संघ, काभ्रेबाट नाप तौल गर्दा जम्मा ५५९.७ ग्राम (४७.९८४ तोला) सुन रहेको र उक्त सुनको मुल्य रू. ७१,८३,४६९.६५/- (अक्षेरुपी एकहत्तर लाख त्रियासी हजार चार सय उनानसत्तरी रुपैया पैसठ्ठी पैसा) रहेको उक्त चारपाते सुनको ढिक्का, सुनको सिक्री र कार समेत बरामद गरी उक्त कार चालक बसन्त कुमार लामा र सोही कारमा सवार अमृत श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएकोप्रहरीले जनाएको छ ।