रामेछापमा जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित पाँच जनाको मृत्यु

रामेछापमा जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित पाँच जनाको मृत्यु

  • शुक्रबार, मंसिर १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

यस्तै दुर्घटनामा सोही गाउँपालिका-५ की ३० वर्षीया कविता कार्की खड्का र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्का, उक्त गाडीका चालक मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना परी मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही गाउँपालिका ४ बेतालीकी २७ वर्षीय सरस्वती कार्की, नाम नखुलेका ४ वर्षीय बालक र कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ