समाचार सङ्कलनका क्रममा सबै भन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरुको बिमा र सुरक्षा सरकारले गर्छ : मन्त्री यादव

समाचार सङ्कलनका क्रममा सबै भन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरुको बिमा र सुरक्षा सरकारले गर्छ : मन्त्री यादव

  • शनिबार, कार्तिक २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २४ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताउनु भएको छ ।
आज राष्ट्रिय फोटो पत्रकार समूह नेपालको काठमाडौँमा आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३ औँ केन्द्रीय अधिवेशन कार्यक्रममा शुभकामना व्यक्त गर्दै मन्त्री यादवले फोटो बिना अधिकाँस समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्व उल्लेखनिय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजमा सकारात्मक पे्ररणाका स्रोत फोटो पत्रकार भएकाले उनीहरुका चुनौती पनि धेरै छन्, सरकारले तपाईहरुका समस्याहरु समाधान गर्न आवश्यक छ, सरकार त्यसका लागि सधै सकारात्मक रहेको छ ।”
यसैगरी मन्त्री यादवले फोटो पत्रकारहरुलाई आवश्यक पर्ने स्रोत साधान खरिददेखि उनीहरुको जोखिम बढी हुने भएकाले सरकारले नै फोटो पत्रकारहरुको बिमाको व्यवस्था गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाचार सङ्कलनका क्रममा सबै भन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरुको बिमा सरकारले गरिदिनु पर्छ, त्यसका लागि मैले के सहयोग गर्नु पर्छ, म पुर्ण सहयोग गर्ने छु ।”
फोटो पत्रकारहरुको सुरक्षाको ज्ञारेन्टी सरकारले लिने र फोटो पत्रकारका सुखदु:खमा सरकारले सधै साथ दिने मन्त्री यादवले बिश्वास समेत दिलाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुको साथ र सहयोग सरकारलाई आवश्यक छ, हामी पनि तपाईहरुको साथमा छौँ, बसेर सरसल्लाह गरौँ,सरकारले के सहयोग गर्नु पर्छ, सरकार तयार छ ।”

एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री यादवले बजारमा आउने नकारात्मक हल्लाका पछि नलाग्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार दसैंमा ढल्छ, त्यसपछि तिहारमा ढल्छ, अनि छठ पछि ढल्छ भन्ने हल्ला चलाए, तर सरकार ढलेन अब उनीहरुले सरकार होलीपर्व पछि ढल्छ भन्ने हल्ला चलाउछन्, तपाईहरु ढुक्कहुनुस् यो सरकार आउँदो २०८४ सम्म चल्छ । हल्लाको पछि नलागे हुन्छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजको फोटो पत्रकारको ठूलो महत्व रहेकाले फोटो ग्राफि मात्रै नभएर फोटो पत्रकार हुनु आवश्यक रहेको छ । अहिलेको नयाँ प्रविधिले समाजका केही गर्नलाई फोटो पत्रकारिताको माग बढाएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुसासनमा बस्न सकेनौँ, पत्रकारिता बुझन सकेनौँ भने र बिश्वासनियता राम्रोसँग बुझन सकेनौँ भने क्यामेरा बोकेको कुनै अर्थ हुँदैन ।” केही युटुब अनलाईका कारण पत्रकारिता क्षेत्रमा बिश्वासनियता घट्न थालेको र त्यस्ता युटुब अनलाईलाई प्रेस काउन्सिल नेपालले सचेत समेत गराउनु जानकारी दिनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकाररिता आफैमा जोखिम युक्त पेसा भएपनि आफुहरुले समाजमा सकारात्मक रुपमा काम गरिरहेको बताउनु भएको थियो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा देशभरीमा कम्तिमा पनि पाँच सय जना फोटो पत्रकार आवद्ध रहेको जानकारी दिइएको थियो ।
कार्यक्रममा सञ्चारिका समूह नेपाल अध्यक्ष लगायतका विभिन्न व्यक्तिहरुले शुभकामना प्रदान गर्नु भएको थियो । आजको उक्त कार्यक्रममा सात जना फोटो पत्रकार तथा फोटो पत्रकार रामेछाप जिल्ला शाखालाई प्रस्कृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ