लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबिच भेटवार्ता

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबिच भेटवार्ता

  • शनिबार, कार्तिक २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

कार्तिक २४ कार्तिक। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक ल्याउने बिषयमा छलफल भएको छ ।

उपाध्यक्ष लामाले भैरहवास्थीत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिनुभयो । पशुपतिले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो पर्यत्न गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियममित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम र स्वास्थ्य परिक्षण जस्ता आवश्यक सुविधाहरु भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नु भयो ।

भेटवार्तामा सहभागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यथासिघ्र बैदेशिक रोजगारीमा जानेहरुका लागि आश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने बिषय पहल भइरहेको जानकारी दिनु भयो । भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरु र एयरवेजका कार्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ