निर्मला कुर्मीको न्याय माग्दै आएकी रुबी खान र सरकारबीच सहमति , आन्दोलन स्थगित

निर्मला कुर्मीको न्याय माग्दै आएकी रुबी खान र सरकारबीच सहमति , आन्दोलन स्थगित

  • मङ्लबार, कार्तिक १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको छ।

मंगलबार अपरान्ह्र गृह मन्त्रालयका प्रवक्ता एव‌ं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको हो।

गृह मन्त्रालयले रूबी खानको टोलीलाई दिउँसो मन्त्रालयमा बोलाएर वार्ता गरेको थियो। माग सम्बोधन हुने भएपछि सहमति भएको अभियन्ता रूबी खानले जानकारी दिइन्।

हाम्रो माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेकाले सहमति गरेका छौं,उनले भनिन्, तत्काल कानुनी कारबाही अगाडि बढाउने र आन्दोलनरत परिवारको सुरक्षा व्यवस्था मिलाउने सहमति भएको छ।

निर्मला कुर्मीको मुद्दालाई कानुनी प्रक्रियामा अगाडि बढाउनुपर्ने भन्दै उनीहरू जेठ २५ गतेदेखि काठमाडौं माइतीघर मण्डलासहित विभिन्न ठाउँमा प्रदर्शन गर्दै आइरहेका छन्।

कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ। माग सम्बोधन भएसँगै उनीहरूले प्रदर्शन स्थगित गर्ने भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ