प्याब्सन पर्साले बिरगंजमा पहिलोपटक लोकनृत्य प्रतियोगिता आयोजना , प्रथममा साउथजाेन, दोस्रो लिटल फलावर तेस्रो मनाकामना

प्याब्सन पर्साले बिरगंजमा पहिलोपटक लोकनृत्य प्रतियोगिता आयोजना , प्रथममा साउथजाेन, दोस्रो लिटल फलावर तेस्रो मनाकामना

  • शनिबार, कार्तिक १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

वीरगंज १० कार्तिक । बीरगंजमा पहिलोपटक निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्सा र वीरगंज महानगरले वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन गरेको छ।

बीरगंजको नगर सभाहलमा पहिलोपटक लोक नृत्य प्रतियाेगिता आयोजना गरेकोमा प्रथम साउथजाेन मावि दोस्रो , लिटल फलावर स्कुल तेस्रो मनाकामना मावि भएकाे प्याब्सन पर्साका प्रवक्ता अशाेक संग्राैलाले बताएका छन् । प्रतियोगितामा मुनलाइट मावि चाैथाे, गाैतम मावि र जिवन ज्याेति मावि पांचाै स्थान हासिल गरेकाे प्रवक्ता संग्राैलाले वताए ।

प्रतियोगिताको उद्घाटन समारोहको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो । प्रतियाेगिता उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले लाेप हुँदै गएकाे नेपालकाे लोक संस्कृतिहरुलाई प्याब्सन पर्साले संरक्षण गर्ने काम गरेकोमा बधाई तथा धन्यवाद समेत दिनुभएको छ। उनलेे भने आगामी दिनहरुमा यस्ता कार्यक्रम गदा महानगरपालिकाको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको हो ।
नगर प्रमुख सिंहले यस्ताे कार्यक्रम प्याब्सनले कम्तिमा बर्षमा दुई पटक गर्नु पर्ने वताए । प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियाेगितामा प्याब्सनका महासचिव आरबी कटुवाल, मधेश प्रदेश निति तथा याेजना आयाेगका सदस्य डा. हरिशंकर साह, वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनि पाखरिङ्ग,सल्लाहकार हरि श्याम ठाकुर, पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी, उपाध्यक्ष शिव गुप्ता, सचिव राहुल श्रीवास्तव,तथा प्याब्सन संग आबद्ध भएका निजी बिधालयका प्रिन्सिपल एवम् संचालकहरुको उपस्थिती रहेकाे थियाे ।
नेपालकाे लोक नृत्य संस्कृतिहरुलाई संरक्षण र सम्वर्धन गर्न उद्देश्य आयाेजित प्रतियाेगितामा प्याब्सन संग आवद्ध २३ वटा विद्यालयहरुले भाग लिएका थिए । विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने प्याब्स पर्साका सदस्य सुदिल पटेलले वताए ।
लोक नृत्य प्रतियाेगितामा सबै बिधालयका विद्यार्थीहरुले आ,आफ्नो प्रतिभा उत्कृष्ट प्रदर्शन गरेको थियो । भने सहभागि विभिन्न स्कुलका छात्र/छात्राहरुले नेपाली समुदायका विभिन्न लाेक सांस्कृति झल्कने लाेक गितमा नृत्य प्रस्तुत गरेका थिए भने निर्णयक मण्डलहरुलाई पनि छनोट गर्न हामेहामे भएको थियो । प्रतियाेगिताकाे निर्णायक मण्डलमा नृत्य निर्देशक विजय स्याङताङ, सुरेश देशार र एनटीभि छमछमीकी विजेता सन्ध्या आचार्य रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी