भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरलाइन्सको विमानमा बम नरहेको पुष्टी भएको छ । सुरक्षाफौजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ६ घण्टा सम्म सर्च गरेपछि बम नभएको पुष्टी भएको हो ।
भिस्ताराको सो विमानमा १४७ यात्रु र चालक दलका सदस्यहरु रहेका थिए ।
पछिल्लो समय भारतीय विमानहरुका अन्तराष्ट्रिय उडानहरुमा बम रहेको हल्लाले उडानै प्रभावित हुने गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ।
जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स–रे गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline