वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा प्रवेश गरि भारतीय एसएसबीले गोली चलायो

वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा प्रवेश गरि भारतीय एसएसबीले गोली चलायो

  • मङ्लबार, अशोज २९, २०८१
  • दिपक चौरसिया

  • 8.3K
    SHARES

पर्सा, २९ असोज । वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको खबर प्राप्त भएको छ ।नेपाल–भारत सिमामा अवस्थित मितेरी पुलको तल तिरको नेपाली भूभागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् ।

कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको ती महिलाले बताइन् । एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले जानकारी दिइन् । एसएसबीले गोली चलाएपछि भने उनिहरु नेपाल तर्फ भागेको बताइएको छ ।एसएसबीले गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

यसबारेमा जानकारी लिन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई टेलिफोनमा सम्पर्क गर्दा उनलले मितेरी पुल क्षेत्रमा गोली चलेको खबर मात्रै आँफुले पाएको तर यसको आधिकारीक पुष्टि हुन बाँकी रहेको बताए ।गोली चलेको भनिएको स्थाानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुलाई आँफुले पठाइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी भुसालले भने,‘ दुवै एसपीसाबलाई मैले त्यहाँ पठाइसकेको छु । तर उहाँहरुबाट यसबारेमा अहिलेसम्म कुनै रिपोर्टिङ भइसकेको छैन ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल र प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीलाई फोन गर्दा दुवै जनाले फोन नउठाएका कारण घटनाको यकिन र विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ