भारतीय वनरक्षकले गोली चलाउँदा खेतमा काम गरिरहेका नेपाली नागरिक घाईते

भारतीय वनरक्षकले गोली चलाउँदा खेतमा काम गरिरहेका नेपाली नागरिक घाईते

  • सोमवार, अशोज २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

असोज २८ काठमाण्डौँ । बर्दियामा भारतीय वनरक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन्। बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका– ८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते भएका छन्। भारतीय सीमानजिकको आफ्नो खेतमा काम गरिरहेको समयमा वनरक्षकले सीमापारिबाट गोली चलाएका हुन्।

गएराति करिब सात बजेको समयमा लोधलाई गोली लागेको उनका भाइ बाँकेलाल लोधले बताए। उनले भने, ‘हाम्रो खेत ६२ नम्बर पिलरनिर रहेको छ, खेतमा जंगली जनावर आएर धानबाली खाइदिने भएकोले दाइ खेतमा जानुभएको थियो। सोही समयमा भारतीय वरक्षकले गोली हानेका हुन् ।’

घाइते लोधलाई गोली लागेपछि तत्काल बर्दिया अस्पताल ल्याइएको थियो । बर्दिया अस्पतालका अनुसार लोधको एक्सरे गर्दा करिब १५ वटा गोलीको छर्रा भएको पत्ता लागेको छ। उनलाई थप उपचारका लागि नेपालन्ज मेडिकल कलेज लगिएको छ । घटनामा अरू थप तीनजना घाइते भएको अपुष्ट खबर आएको छ।

लोधसँगै खेतमा गएका थप तीनजनालाई गोली लागी सामान्य घाइते भएको खबर आएको गुलरिया नगरपालिका– ८ का वडाध्यक्ष धर्मेन्द्र बानियाँले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनाबारे थप सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताए ।

यसअघि पनि केही वर्षअगाडि आशापुरकै एकजनालाई भारतीय वनरक्षकले गोली हानी पक्राउ गरी बेपत्ता पारेका थिए । अहिले सम्म उनको अवस्था पत्ता लगाउन सरकारले सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ