काठमाडौँ असोज २८ हिमाल आरोहणमा विश्व कीर्तिमान राखेर फर्किएका आरोहीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९एयरपोर्ट०मा स्वागत गरिएको छ । विश्वका १४ अग्ला हिमाल आरोहण गरी स्वदेश फर्किएका निमा रिन्जी शेर्पा, निर्मल पूर्जा ९निम्सदाई०, दावा याङ्जुम शेर्पालगायतलाई बाजागाजासहित सोमबार एयरपोर्टमा भव्य स्वागत गरिएको हो ।
निमाले सबैभन्दा कान्छो आरोही र निर्मल पूर्जा ९निम्सदाई०ले पुरक अक्सिनबिना सबैभन्दा छिटो आरोहणको विश्व र्कितिमान बनाएका छन् । यस्तै दावा याङ्जुम विश्वकै अग्लो शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला भएकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline