लमजुङको सारिङबाट सदरमुकाम बेसीसहर जाने क्रममा यात्रुवाहक जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ। उनीहरूको टाउकोमा चोट छ। बाँकी घाइतेहरूको उपचार बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले बताए।
उनका अनुसार, ग १ ज ८५५१ नम्बरको जिप बिहान ११ः२० बजे मकैडाँडा मोड भन्ने स्थानमा दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु रहेको जिप घुम्तीको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिपका चालक बेसीसहर( ६ का ५८ वर्षीय कृष्णबहादुर रिमाल सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline