काठमाडौं : बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आइतबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमा सम्म जारी रहने गरेको छ । मान्यजन टाढा टाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।
दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र सवारीसाधनको संख्यामा समेत वृद्धि भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline