टीका लगाउन सर्वसाधारणको चहलपहल

टीका लगाउन सर्वसाधारणको चहलपहल

  • शनिबार, अशोज २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ, २६ असोज : बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज घरमा मान्यजनको हातबाट टीका ग्रहण गरी आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको छ ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडकहरुमा दसैँको टीका खुलेसँगै चहलपहल बढेको हो । दसैँको टीकाको दिन आज आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम सुरु भएको छ ।

महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौँमा दशमीका दिन सर्वसाधारणको आवतजावत बाक्लो भएको छ । सडकमा सार्वजनिक सवारी साधनहरु न्यून मात्रमा चलेका छन्भने निजी सवारीको चाप बढी देखिन्छ । नेपाल प्रहरीले दसैँको अवसरमा सुविधा तथा सहज आवतजावतका लागि दुईवटा निःशुल्क बस सेवासमेत सञ्चालन गरिरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा सर्वसाधारणको चहलपहलसँगै दुईपाङ्ग्रे सवारी र चारपाङ्ग्रे सवारीको चाप बढन थालेको छ । ट्राफिक व्यवस्थापनमा समस्या नभएको र कुनै प्रकारको अप्रिय दुर्घटना नभएको प्रहरी नायब उपरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रबिन कार्कीले जानकारी दिनुभयो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने बताइएको छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ