गाईको बाच्चा काटेर खाने बिरुद्ध कार्बाहीको माग ( भिडियो सहित )

गाईको बाच्चा काटेर खाने बिरुद्ध कार्बाहीको माग ( भिडियो सहित )

  • सोमवार, अशोज २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

वीरगन्ज २१ असोज । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका छन् ।

सुगौलीविर्ताका शीवशंकर प्रसाद , मुनिलाल कुमार राउत ,जयआशीष प्रसाद, सुमित कुमार पटेलल,परशुराम पटेल, प्रदुमन राम, मुकेश पटेल लगायतकाले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका हुन् ।सुगौलीविर्ताकै समफु अन्सारी,जोखन अन्सारी,नसरुद्धिन अन्सारीसहित ४ जनाले सडकमा छाडा छाडिएका गाईका बाच्छा काटेर खाने गरेको भेटिएकाले उनिहरु विरुद्ध नेपालको कानुन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।

उक्त उजुरीमा भनिएको छ – सुगौललीविर्ता गाँउमा केहिदिन देखि सडकमा बेवारिसे ५ वटा बाच्छा थिए । तीमध्ये ३ वटा बाच्छा एकाएक गायब भएको र आइतबार साँझ आरोपितमध्येका नसरुद्धिनसहितका दुई जना व्याक्तिले एउटा बाच्छा समातेर आफनो घरतर्फ लैजााने क्रममा स्थानीयले देखेपछि होहल्ला गरेका थिए । त्यसपछि नसरुद्धिनसहितका दुई जना व्याक्ति बाच्ँछा छाडेर फरार भएका थिए । त्यसपछि स्थानीयले हराएका ३ वटा बाच्छाको बारेमा खोजी गर्ने क्रममा आइतबार नै साँझ एउटा बाच्छा आरोपित मध्येका समफु अन्सारीको घरमा जिउँदै भेटिएको थियो । यसबारेमा अन्सारीसंग सोधीखोजी गर्दा आरोपितहरुले गायब भनिएका बाच्छाहरु आँफुहरुले काटेर खाएको स्वीकारेका थिए ।

नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धर्ममा आमाको रुपमा मानिने गाईका बाच्छा काटेर खानेहरुलाई यथशीघ्र पक्राउ गरेर कानुन अनुसार कारबाही गर्नुपर्ने प्रहरीमा दिइएको उजुरीमा उल्लेखछ । उजुरी दिनेहरुले उजुरीपत्रमा उल्लेख व्यहोरा र घटना विवरण यदि झुठो ठहिरएमा कानुन अनुसारको कारबाही भोग्न आँफुहरुपनि तयार रहेको बताएका छन् ।

https://youtu.be/sxQ4G0je0rg गाईको बाच्छा काटेर खाएकोमा पर्सामा बिरोध (youtube.com)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ