चणिकलालले नख्खुमा नागरिकको ज्यान जोगाउने कदम जनयुद्धकै संस्कृतिको उदाहरण हो: पुर्वमन्त्री तामाङ

चणिकलालले नख्खुमा नागरिकको ज्यान जोगाउने कदम जनयुद्धकै संस्कृतिको उदाहरण हो: पुर्वमन्त्री तामाङ

  • शनिबार, अशोज १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाण्डौँ असोज १९ । पूर्व पर्यटन मन्त्री एवं माओवादी नेता हित बहादुर तामाङले राज्यले नागरिक बचाउन नसकेका बेला दुई जना नागरिकको जीवन बाढीबाट बताउन सफल चणिकलाल तामाङलाई बधाई एवं धन्यवाद ज्ञापन गर्नुभएको छ ।

चणिकलालले नख्खु खोलामा घण्टौ उद्धारको प्रतिक्षाा गरेर पनि जीवन जोगाउन नसकिरहेका बेला चणिकलालले नदीमा हाम फालेर उनीहरुको उद्धार गरेको भन्दै उहाँले यो जनयुद्धकै संस्कृतिको निरन्तरता भएको बताउनुभयो ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाले चणिकलालको सम्मानमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मोर्चाको इन्चार्ज समेत रहनु भएका उहाँले नागरिकको जीवन बचाउने चणिकलाल तामाङलाई आफूले उच्च सम्मान दिने बताउनु भयो ।

कार्यक्रममा तामाङ राष्ट्रिय मुक्ति मोर्चाले सम्मान गरेको थियो ।

यसै गरी माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष डिल्लीमान तामाङले चणिकलाल तामाङ, कुलमान घिसिङ जस्ता तामाङशरुले देश बनाउने कुरामा ऐतिहासिक योगदान दिएको भन्दै तामाङ समुदाय मानवजातिको सेवामा यस्तै उदाहरणीय कार्य गर्न सक्षम हुने विस्वास व्यक्त गर्नुभयो ।

उनीहरुले गरुेको कार्यले समाज रुपान्तरणका लागि उदाहरणीय कार्य गर्ने पनि उहाँले बताउनु भयो ।

चणिकलाल एक्लैले दुई जना नागरिक बचाउन सफल हुनु तामा जाति मानवीय संवेदना भएको र अरुको ज्यान बचाउन आफ्नो ज्यान प्रवाह नगर्ने खालको रहेको उदाहरण व्यक्त गरेको भन्दै अध्यक्ष तामाङले भावी दिनमा अझै उच्च कार्य गर्नका लागि शुभकामना दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ