‘बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दसैँ अगाडि मर्मत सम्भार गरिने’

‘बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दसैँ अगाडि मर्मत सम्भार गरिने’

  • शनिबार, अशोज १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

मोरङ, १९ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको सडक, पुललगायत क्षतिलाई दसैँ अगाडि मर्मत सम्भार गरिने बताउनुभएको छ ।

नेकपा (एमाले) प्रदेश समितिका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट मृतकप्रति श्रद्धाञ्जली, बेपत्ताको उद्धार, खोजी, घाइेतको निःशुल्क उपचार र राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयले दसैँ अगाडि गर्नसक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायत निर्माण कार्य दु्रत रुपमा गर्न सम्बन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्नसक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताउनुभयो ।

सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकका परिवारलाई तत्काल सहयोग, घाइतेको निःशुल्क उपचार, बेपत्ताको खोजी र विस्थापितको पुनःस्थापना, बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारले विशेष विपद् प्राधिकरण गठन गरी उद्धार ,राहत पुनःस्थापना र पुनःनिर्माण कार्य सुरु गर्न ध्यानाकर्षण गराउनुभयो । नेकपा (एमाले) प्रदेश कमिटीका अध्यक्ष खतिवडाले असोज ११ र १२ गतेको वर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं विकास निर्माण संरचना एवं सञ्चारका माध्यमको क्षति पुगेको चर्चा गर्दै सरकारलाई राहत कार्यमा सरकारलाई सघाउन ध्यानाकर्षण गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, मुख्यमन्त्री तथा मन्त्रिपरिष्का राज्यमन्त्री सिर्जना राई, मन्त्रालयका सचिव, नेकपा (एमाले) का विभिन्न जिल्लाका अध्यक्षको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ