हेटौडाबाट ८ किलो बढी अवैध सुन सहित दुई भारतीय नागरिक पक्राउ

हेटौडाबाट ८ किलो बढी अवैध सुन सहित दुई भारतीय नागरिक पक्राउ

  • शनिबार, अशोज १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

हेटौंडा : मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको ८ किलो बढी अवैध सुनसहित हेटौंडाबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र भारतको महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन् ।

प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा बराबरको अवैध सुन फेला परेको हो ।

स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ किलो २४३ ग्राम बढी सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ