दाउन्नेमा सडक भासिएपछि पुर्व-पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध, हजारौं यात्रु अलपत्र

दाउन्नेमा सडक भासिएपछि पुर्व-पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध, हजारौं यात्रु अलपत्र

  • मङ्लबार, अशोज १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

पश्चिम नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा सडक भासिए पछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ दाउन्नेको खुर्सानी खोलमा सडक भासिएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रमेश बोहोराले बताउनु भएको छ ।
सडक विस्तारको क्रममा निर्माण गरिएको सडक किनाराको रिर्टनिङ पर्खाल खस्नुका साथै विद्युत् हाइटेन्सन लाइनको ठुलो पोल ढलेको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिनु भयो । होङ्सी सिमेन्ट उद्योग सर्दीका लागि विद्युत् ल्याइएको हाइटेन्सन पोल भाँचिएको हो ।
सोमवार साँझ बाट सडक अवरुद्ध भएकाले पूर्व तर्फ वाट पश्चिम जाँदै गरेको सवारीसाधनलाई पश्चिम नवलपरासीको बर्दघाट र पुर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा नै रोकिएको छ । सडक सुचारु गराउनका लागि प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनु भयो । स्रोतका अनुसार बाटो पुर्ण रुपमा सुचारु हुन दुई दिनसम्म लाग्न सक्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ