अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी

  • सोमवार, अशोज १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका विषयमा उमेर हद बारे मतदान हुने भएको छ।

बिहीबार देखि सुरु भएको २३औं सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो ।

अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले सङ्गठनमा उमेर हद बारे निर्णय लिने भएको छ । अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० र ३२ बर्ष उमेर हद लगाउने विषयमा छलफल चलिरहेको छ ।

सम्मेलनले अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लगाउने निर्णय गरेकामा अध्यक्षका कयौं आकाङ्क्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।

सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी छन् ।

विहिबारदेखि शुरु भएको यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी