बीरगञ्ज रानीघाट पुलबाट नदीमा हाम फाल्ने किशोरीको पहिचान खुल्यो, खोजी गरिदै ( भिडियो सहित )

बीरगञ्ज रानीघाट पुलबाट नदीमा हाम फाल्ने किशोरीको पहिचान खुल्यो, खोजी गरिदै ( भिडियो सहित )

  • आइतवार, अशोज १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

वीरगञ्ज, १३ असोज । वीरगन्ज महानगरपालिको रानीघाट पुलबाट नदिमा हाम फाल्ने किशोरीको पहिचान खुलेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ र २४ जोड्ने रानीघाट स्थित सरिसवा पुलमा हाम फाल्ने १७ बर्षीया किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दास रहेको रहेको खुलेको हो ।

सरिसवा नदिमा हाम फालेपछि उद्दारका लागि प्रहरी परिचालन गरिएको छ । किशोरीको अवस्था अज्ञात रहेको छ । घटनापछि प्रहरीले उनकी आमालाई फेला पारेको छ । पुल नजिकै रहेको अस्थायी प्रहरी चौकीलाई समेत केही जानकारी छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले भने बेपत्ता किशोरीको खोजी जारी रहेको र विवरण भने आउन बाँकी रहेको जनाएको छ । यद्यपि प्रहरीले घटनास्थलबाट किशोरीकी आमा मन्तुरालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा लिएर गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ