सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण

सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण

  • आइतवार, अशोज १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ, १३ असोजः साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सञ्चालन गरेको सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ ।

जुत्ता उत्पादन सङ्घका अध्यक्षसमेत रहनुभएका उद्योगी रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि केही व्यवसायीहरुले मिलेर सञ्चालन गरेका नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलका उक्त पसलमा उपभोक्ताले विशेष चासोका साथ खरिद तथा अवलोकन गर्न थालेका छन् ।

पर्व लक्षित गरेर केही जुत्ता उद्योगका उद्योगीले कम्तिमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरि उक्त सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसल भएका कारण उपभोक्ताको आकर्षण अझै बढ्ने उहाँको भनाइ छ ।

उहाँले अहिले साल्ट ट्रेडिङसँग केही व्यवसायीले सहकार्य गरे पनि आगामी दिनमा धेरै व्यवसायीलाई सहभागीगराई देशैभर सरकारद्वारा सञ्चालिन व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने बताउनुभयो ।

उहाँले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन पहल गर्ने बताउनुभयो । जुत्ता उत्पादक सङ्घले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले कालीमाटी र जडीबुटीस्थित सूपथ जुत्ता पसलबाट बिहीबारसम्ममा दिनहुँ १००÷१०० जोर हाराहारीमा जुत्ता तथा चप्पल बिक्री भएको बताउनुभयो ।

उहाँले छोटो समयमै उपभोक्ताको आकर्षण बढेको र दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने हरेक उपभोक्ताले जुत्ता बिक्री कक्षको अवलोकन गरेरै जाने गरेको जानकारी दिनुभयो । बञ्जाडेले शुक्रबार र शनिबार वर्षाले प्रभावित बनाएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ