हात्तीको आक्रमणमा परि लालझाडीका रामदलको मृत्यु

हात्तीको आक्रमणमा परि लालझाडीका रामदलको मृत्यु

  • आइतवार, अशोज १३, २०८१
  • डम्मर दत्त भट्ट

  • 8.2K
    SHARES

कञ्चनपुर, असोज १३ । कञ्चनपुर जिल्लाको पुर्वी दक्षिणी क्षेत्रमा रहेको लालझाडि गाउँपालिका ४ डाँगा जाईमा जंगली हात्तीको आक्रमणमा परेर एक युवकको मृत्यु भएको छ । गयराती हात्तीको बथानको आक्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगा जाईका ५० बर्षिया रामदल रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगाजाईका स्थानीय ५० बर्षिया रामदल रानाको मुत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार शनिबार राती हात्तीको बथान लालझाडी वन हुँदै डाँगाजाई गाँउ प्रवेस गरेको थियो ।

‘हात्ती धपाउने क्रममा भागदौड मच्चिएर राना हराएका थिए, ‘प्रवक्ता जोशीले भने, ‘राती खोज्दा भेटाएन्, बिहान उखुबारीमा हात्तीले कुल्चिएको अवस्था फेला परेका छन ।’ हात्ती धपाउने क्रममा स्थानीय ३५ बर्षिया नियानन्द राना पनि समान्य घाईते भएका छन । उनको खुट्टामा चोट लागेको र घरेलु उपचार गरिरहेको स्थानीयले बताएका छन ।

कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्र्रमणमा परेर मानिसको ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म १२जनाले ज्यान गुमाईसकेका छन । भने, दर्जनौँ मानिस घाईते भएका छन । बर्षनी अन्नबाली, भौतिक सरचनामा क्षति पुगेको छ । तर,पनि कञ्चनपुरमा सम्बन्धीत निकायबाट हात्तीको आक्र्रमण रोकथामका प्रभावकारी योजना संचालन हुन सकेका छैन्नन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ