इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु

इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु

  • मङ्लबार, अशोज ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ ।

घाइतेहरुलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ । शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी र बेरुतको दक्षिणी उपनगरका विद्यालयहरूलाई पनि बन्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायली रक्षा बलहरूले लेबनानमा १६०० भन्दा बढी लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।

आइडीएफ प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इजरायली वायुसेनाले १६ सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको बताएका हुन् । इजरायली सेनाले अब हिजबुल्लाहविरुद्धको आक्रमणको दायरा व्यवस्थित रूपमा बढाउँदै लैजाने बताएको छ ।

इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी