राससमा ‘डिजिटल रिपोर्टिङ र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला

राससमा ‘डिजिटल रिपोर्टिङ र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला

  • मङ्लबार, अशोज १, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

१ असोज : राष्ट्रिय समाचार समिति (रासस)ले नवीनतम् प्रविधिको प्रयोग गरी आफ्ना जनशक्तिको क्षमता अभिवृद्धि तथा खदिँलो समाचार सामग्री उत्पादनमा सहयोग गर्ने उद्देश्यले आजदेखि ‘डिजिटल रिपोर्टिङ ज्ञान र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला आयोजना गरेको छ ।

‘गुगल न्यूज इनिसिएटिभ’को सहयकार्यमा रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा गुगलका माध्यमबाट समाचारसँग सम्बन्धित आवश्यक जानकारी प्राप्त र सूचनाको परीक्षण गर्नेसम्बन्धी विभिन्न उपकरणको प्रयोगबारे जानकारी गराइएको छ । सो कार्यशालामा सहभागीलाई डिजिटल मिडिया फाउण्डेसनका प्रमुख प्रवेश सुवेदीले मुख्य प्रशिक्षकका रुपमा सहजीकरण गर्नुभयो ।

कार्यशालाको शुभारम्भका अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले डिजिटल प्रविधिको प्रयोगले जनशक्तिमा आधारित पत्रकारिताको विकास र विस्तारमा बल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ प्रविधिसँग तालमेल मिलाउन सकेमा राष्ट्र र समाजका लागि गरिने पत्रकारितामा मद्दत मिल्ने बताउनुभयो ।

प्रशिक्षक सुवेदीले नवीन प्रविधिको भरपुर सदुपयोगबाट विश्वासिलो र सत्यतथ्य सूचना प्राप्त गर्न सकिने उल्लेख गर्दैै प्रतिस्पर्धी युगमा सञ्चारकर्मी प्रविधिको प्रयोगसम्बन्धी ज्ञानमा निपूण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

दुई दिनसम्म चल्ने सो कार्यशालामा गुगलका विभिन्न उपकरणको प्रयोग, तथ्य जाँच, सूचनाको सत्यपन परीक्षण, गलत सूचनाको पहिचानलगायत विभिन्न विषयमा अभिमुखीकरण गरिनेछ । उक्त कार्यशालामा समाचार सङ्कलन, सम्पादन तथा प्रशासन शाखाका २५ बढी पत्रकार तथा कर्मचारीको सहभागिता छ ।
—

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ