महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदै

महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदै

  • शनिबार, भदौ २९, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.8K
    SHARES

कञ्चनपुर, २९भदौँ ।
कञ्चनपुर जिल्लामा बिहीबारदेखि अबिरल रुपमा परिहेको बर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड९तटबन्ध० कटानी गरिरहेको छ ।
महाकाली नदीमा शुक्रबार ४ लाख ६१ हजार क्युसेक पानी बगेको थियो, उतिबेला सानदारसंग बगेको काली शनिबार घटेर १लाख ६० हजार क्युसेक भएको अवस्थामा चार लेन पुलको पोखरीको गाईडबण्ड९तटबन्ध० कटानी गरिरहेको हो ।
भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा९झक्कास०ले साँझ ५ बजेदेखि तटबन्ध कटानी शुरु गरिएको बताए । ‘ठुलो महाकालीमा त्यत्रो पानी आउँदा केही भएन, आज घटिरहेको अवस्थामा काटिरहेको छ, ‘उनले भने, ‘यो काट्नेक्रम जारी रहे कटानी गरेर पहुँचमार्गसम्मै आएर बस्तीतिर जाने खतरा छ ।’
महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले नदीमा पानीको सतह घटिरहेका बेला सिङ्गै महाकाली एकै स्थानबाट बग्दा तटबन्ध कटानी गरिरहेको छ । उनका अनुसार शनिबार साँझ ७ बजेसम्ममा झण्डै २सय मिटर तटबन्ध कटानी भएको छ । ‘पोखरीको गाईडबण्ड पुरै भत्किएको छैन, एकतर्फीतर्फ कटानी गरिहेको छ, ‘उनले भने, ‘हाकिम सापले सिधै निर्माण कम्पनीलाई फोन गरेर यथाशिघ्र रोकथामका लागि निर्देशन दिनुभएको छ, निर्माण कम्पनीले अहिले रोकथाम गरिरहेको छ ।’ ०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माण गरिरहेको छ । तर, स्थानीयहरुले कमसल खालको तटबन्ध निर्माण हुँदा नदीको सतह घट्दा पनि तटबन्ध कटानी भईरहेको टिकाटिप्पणी गरिरहेका छन । विगतमा पनि तटबन्ध भत्किएको भन्दै स्थानीयले अहिले पनि भत्किएको भन्दै आक्र्रोस व्यक्त गरिरहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ