बिरगंज । बिरगंजबाट प्रहरीले एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बिरगंजको होटलबाट बंगलादेशी नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
बिरगंज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ बाट २९ वर्षीय महमद सहादत हुसेनलाई पक्राउ गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार बंगलादेशको सिलेट होबीगंज होल्डिङ् नम्बर ७७७ स्थायी ठेगाना बताउने महमद सहादत हुसेनलाई पासपोर्ट भिसा लगायतका कागजपत्र नभएको अवस्थामा पक्राउ गरिएको हो ।
हुसेनलाई आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline