अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

  • सोमवार, भदौ २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

विराटनगर, २४ भदौ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए ।

यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् भने सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव भने पराजित बने ।
यस्तै सहसचिव पदमा अनिश कार्की र अनिष पौडेल निर्वाचित भएका छन् । उक्त पदमा प्रतिस्पर्धामा रहेका दिपेन्द्र राई, दर्शन साह पराजित भएका छन् । महिला सहसचिवमा भने रविना चौधरी सर्वसम्मत चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा किर्तिका खनाललाई पराजित गर्दै शितल दर्नाल निर्वाचित भएकी छिन् ।

सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसकेपछि आइतबार अवेर निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतपरिणाम आइतबार राती नै सार्वजनिक भएको हो । मोरङका १७ वटै पालिकाबाट सहभागी मतदाता १४२ मतदातामध्ये १३५ जनाले मतदान गरेको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए । ५१ सदस्यीय समितिमा ४२ जना कार्यसमिति सदस्यहरुको छनौट भने भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी