गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

  • शनिबार, भदौ २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

मोरङ,२२ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गर्नुभएको छ ।

मोरङ निर्माण व्यवसायी सङ्घको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उहाँले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायी महासङ्का अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरु गम्भीर आर्थिक समस्यामा परेका बताउनुभयो । उहाँले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ