बीरगंज पब्लिक कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको स्वागत

बीरगंज पब्लिक कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको स्वागत

  • शुक्रबार, भदौ १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बिरगंज १३ भाद्र । बीरगंज पब्लिक कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका हुन ।

बीरगंज पब्लिक कलेजका निर्देशक एवम् संचालक डाक्टर दिपक शाक्यको सभापतित्व तथा समाजसेवी युवा उधोगी गणेशलाठको प्रमुख आतिथ्यमा सो स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

उधोगी लाठले विद्यार्थीहरुले सफल नेतृत्व बन्न धेरै प्रयास गर्नुपर्ने बताए । उनले भने विद्यार्थीहरु दुई किसिमका हुने एक केवल पास मात्र हुने अर्को आफुलाई सफल कसरी बन्ने भन्ने सोच राखेर अध्यापन गरिरहेको हुनाले त्यसका लागि आफ्नो अभिभावक र गुरुहरुको मानमर्दन कसरी राख्ने त्यो विद्यार्थीहरुको हात हुने भएकोले कुन रोज्ने हो त्यो आफैं निर्णय गर्नु भनेर बताएका छन् ।

प्रमुख अतिथि लाठले भने ठूलो ब्यक्ति बन्नु छ सफल बन्नु छ भने देश विदेशमा ब्यापार ब्यवसायी गरेर आज उच्च सम्मान तथा धन आर्जन गरेको उदाहरण नेपाल भारत तथा अन्तर्राष्ट्रिय स्तरमा रहेको बताएका छन् ।

विद्यार्थीहरुले शुरुआत चरणमा संघर्ष गरे पछि सफल पाउने भएकोले अहिले देखि नै ध्यान दिन आग्रह गरेका छन् ।स्वागत कार्यक्रममा कुशल परार्मश तथा ब्यवसायीका सरोज कोइराला ,एमस इन्युचियुटका डाइरेक्टर सरोज पटेल ,लालबाबु यादव ,बीरगंज कलेजका कोडिनेटर डाक्टर बासुदेव कर्ण लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको स्वागत मनतब्य कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसादले गर्नुभएको थियो ।भने कार्यक्रमको सहजिकरण कक्षा १२ का विद्यार्थी आयुष अग्रवाल र दुर्गा मिश्रले गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी