बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

  • आइतवार, भदौ ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति  ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस  विश्वविद्यालयले महत्त्वपूर्ण  भूमिका खेल्नुपर्ने बताए ।

उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए ।

‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यस्का लागि ज्ञान र मन चाहिन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ  ।

हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौ र सफलतामा पुग्न सक्छौ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी