नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

  • बुधबार, भदौ ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ५ भदौ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै रोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी