कुलमान बिरुद्ध उजुरी हालेर आलोचना खेपिरहेका रमेश खरेल बिरुद्ध अख्तियारमा उजुरी

कुलमान बिरुद्ध उजुरी हालेर आलोचना खेपिरहेका रमेश खरेल बिरुद्ध अख्तियारमा उजुरी

युवराज सफलले दिएको निवेदनमा श्रीमतीलाई नक्कली सुराकी खडा गरेर पैसा खाएको आरोप

  • आइतवार, भदौ २, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ ।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।

सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।

केही दिन अघि बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिरुद्ध खरेलले अख्तियारमा उजुरी दिएपछि उनको चौतर्फी आलोचना भईरहेको छ । यही बेला उनले आफ्नो श्रीमतीको नाम राखेर पैसा खाएको एक अन्तवार्तामा उनले बोलेको कुरा ब्यापक चर्चामा आएको थियो । सोही आधारमा सफलले मुद्धा दायर गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ