सुमनालाई लक्षित गर्दै ओलीले भने, शिक्षा र राजनीति नबुझेकाहरुले दमनचक्र चलाउन खोजेका थिए

सुमनालाई लक्षित गर्दै ओलीले भने, शिक्षा र राजनीति नबुझेकाहरुले दमनचक्र चलाउन खोजेका थिए

  • शनिबार, भदौ १, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उहाँले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

“शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।”

अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गर्नुभयो । उहाँले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐननियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको जनाउनुुभयो ।

“राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।”

यस अघिकी शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकले राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएसँगै तीन हजार बढी शिक्षकले दल त्यागेका थिए । त्यसैलाई लक्षित गरी प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी