सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्य सहित तीन जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्य सहित तीन जनाको मृत्यु

  • बिहिबार, साउन ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

सिन्धुली साउन ३१ । सिन्धुलीको कमलामाई नगरपालिका– २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका– ६ हैबारका पृथ्वी भुजेल,सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् ।

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् ।

गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै गरेको तरकारी तथा खाद्यान ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो सडकमै पल्टिएको थियो । दुर्घटनाका पाँचजना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ