बेचन झा बिरुद्ध आज अदालतमा मुद्धा दर्ता , पोलिग्राफ टेष्ट गर्न मानेनन्

बेचन झा बिरुद्ध आज अदालतमा मुद्धा दर्ता , पोलिग्राफ टेष्ट गर्न मानेनन्

  • बुधबार, साउन ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ साउन ३० । भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ ।

झाले यो प्रकरणमा आफूलाई केही थाहा नभएको बयान प्रहरीलाई दिएपछि उनको पोलिग्राफ टेष्ट गर्ने भनिएको थियो । तर सत्ताको पहुँचमा रहेका झाले पोलिग्राफ टेष्ट गर्न मानेका छैनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी सबै भन्दा प्रमुख बिचौलीया बनेर मन्त्रीपरिषद्बाटै निर्णय गराउने देखि लेनदेनका कार्यमा संलग्न भएको आरोप उनीमाथि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ