एजेन्सी साउन २५ । विश्वभर सत्ता ढाल्ने, विद्रोह मच्चाउने , युद्ध चर्काउने र आफ्नो स्वार्थ लादुन व्यस्त रहने अमेरीकाले बंगलादेशमा पनि अरब स्प्रिङ जस्तै विद्रोह गराएर तख्ता पलट गर्ने षड्यन्त्र गरेको घोषणा गरेको थियो । रुसी सञ्चार माध्यमहरुमा प्रकाशित यो विवरणलाई त्यस बखत कसैले चासो दिएको थिएन ।
तर ठ्याक्कै अहिलेको बंगलादेशको हिंसा र उपद्रवले रुसी जासुसी संयन्त्रको यो सूचना र विष्लेषण सही साबित भएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आठ महिना अघि २०२४ जनवरीमा बंगलादेशमा निर्वाचन हुँदै गर्दा उक्त दाबी सार्वजनिक गरेकी थिईन् ।
जाखारोभाले अमेरीकाले बंगलादेशलाई अस्थीर बनाउने कोशिस गरीरहेको टिप्पणी गरेकी थिईन् त्यस बेला । उनले अमेरीकाले निर्वाचन अघि नै हिंसा फैलाएर अरब स्प्रीङ जस्तै अस्थीरता ल्याउन खोजेपनि त्यो सफल भएको थिएन ।
उनले बंगलादेशमा पश्चिमा देशहरुको मिसनका लागि हिंसा मच्चाउने षड्यन्त्र भएको बताएकी थिईन् ।
“ यदी बंगलादेशी जनताको ईच्छाबाट आउने परिणामले अमेरीकालाई सन्तुष्टी नदिएमा अमेरीकाले अगाडी पनि अरब स्प्रीङकै तरीकाबाट अस्थीरता ल्याउने प्रयास गर्ने छ ” । जाखारोभाले भनेकी थिईन् ।
अरब स्प्रीङ टेयुनिशियाबाट शुरु भएर तमाम अरब देशहरुमा विद्रोह, हिंशा र विरोध प्रदर्शन मच्चाईएको थियो , जसको मुख्य नारा आर्थिक भ्रष्टाचार आदिलाई बनाईएको थियो ।
बंगलादेशमा ७ जनवरीमा चुनाव भएको थियो । त्यस अघि पनि त्याहाँ विरोध प्रदर्शनहरु भएका थिए । जाखारोभाले अमेरीकाको यो दुष्प्रयासका बाबजुद बंगलादेशी जनताले आफ्नो संप्रभुताको रक्षा गर्ने विस्वास लिएकी थिईन् । साथै अमेरीकालाई अन्य देशको आन्तरीक मामिलामा हस्तक्षेप नगर्दा राम्रो हुने चेतावनी दिएकी थिईन् ।
बंगलादेश सरकारसँग अमेरीकाले त्याहाँ आफ्नो सैन्य अड्डा स्थापित गर्न आन्तरीक दबाब दिँदै आएको बेला बेला टिप्पणी हुने गरेको थियो । जुन कुरालाई शेख हसिनाले अस्वीकार गरेकी थिईन् । बरु उनले चीनसँगको बिआरआई सम्झौता लागू गरेर विभिन्न रणनीतिक परियोजनाहरु अघि बढाएकी थिईन् । अमेरीकाले थोपार्न खोजेको एमसीसी लागू गर्न मानेकी थिईनन् ।
भारतसँग पनि हसिनाले राम्रो सम्बन्ध बनाएकी थिईन् । भारतसँगको सीमा समस्या समाधान गरेकी थिईन् । औद्योगिक उत्पादनलाई नयाँ उचाईमा पुर्याउदै आर्थिक समृद्धिमा देशलाई निकै माथि पुर्याएकी थिईन् ।
यस्तो बेलामा आरक्षणको मुद्धामा भएको बिरोध प्रदर्शनको आडमा कु भएको छ ।
अमेरीकी हस्तक्षेपको अर्को प्रमाणः अमेरीकी म्यानको रुपमा परिचित बृद्ध युनुस प्रधानमन्त्री बन्नु
बंगलादेशको आन्तरीक मामलामा अमेरीकी खुफिया एजेन्सीहरुको सक्रियताले हस्तक्षेप गरेर पछिल्लो अस्थीरता निम्तिएको कुरामा मोहम्मद युनुस प्रधानमन्त्री चयन हुनुले पनि देखिन्छ । आन्दोलन युवाहरुले गरेका थिए । सेना र सुरक्षा बलले समर्थन गरेका थिए । त्यस्तो स्थितिमा फ्रान्समा बसिरहेका नोबेल पुरस्कार बिजेता मोहम्मद युनुस प्रधानमन्त्री घोािषत भए । युनुसलाई बंगलादेशमा अमेरीकी म्यानको रुपमा हेरिन्छ ।
युनुस उद्योगी, अर्थशास्त्री, बैंक र नागरिक समाजका अगुवाको रुपमा चिनिन्छन् । उनलाई अमेरीकाले सन् २००९ मा अमेरीका प्रेसिडेन्सियल अवार्ड अफ् फ्रिडम र २०१० मा काँग्रेसनल गोल्ड मेडल दिएको थियो । एकै व्यक्तिलाई अमेरीकाले बर्षेपिच्छे ठूला ठूला पुरस्कार दिनुले अमेरीकाको उनीप्रतिको लगानी देखेर उनलाई अमेरीकी म्यानको संज्ञा दिईएको थियो । उनले अर्थशास्त्रका बिषयमा सन् २००६ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
उनी ग्रामिण अमेरीका र ग्रामिण फाउन्डेसनका संस्थापक सदस्य थिए । उनले अमेरीकी पक्षधरको सहायतामा बंगलादेशमा सन् २००७ बाट नागोरिक शोक्ति नामक संगठन बनाएर राजनीतिमा आउने प्रयास थालेका थिए । तर उनले संघर्ष गर्न नसकेपछि राजनीति छाडिदिएका थिए ।
२००८ मा शेख हसिनाले मोहम्मद युनुसले व्यापारीक गतिविधिबाट गरीब जनताको रगत चुसीरहेको टिप्पणी गर्दै ६ महिना जेल समेत हालिदिएकी थिईन् ।
सेतो छालावालाहरु बंगलादेशमा एयरबेस बनाउन चाहन्छन् भनेकी थिईन् चुनाव अघि हसिनाले । अमेरीकाले सैन्य हवाई अखडा राख्ने अमेरीकी प्रस्ताव अस्वीकार गर्नु र देशभित्र राजनीतिक शक्ति सन्तुलन पैदा गर्न नसक्नुले उनको पतन भएको देखिन्छ ।
अहिले खास गरी हिन्दु अल्पसंख्यकमाथि व्यापक अत्याचार भईरहेको बताईन्छ । मन्दिरहरु तोड्ने, महिलाहरुमाथि बलात्कार, नृसंस हत्या, आगजानी उपद्रवीहरुले ज्यादती मच्चाउदै आएका छन् । यसप्रति भारतले गंभीर चासो दिएको जनाएको छ ।
तर यसले कुनै पनि देशको आन्तरीक मामलामा गंभीर षड्यन्त्र र प्रतिघात गर्ने अमेरीकी सबैयाको सर्बत्र विरोध जारी छ ।