हेलिकप्टर दुर्घटना अपडेट : घटनास्थलबाट पाँचै जनाको शब फेला

हेलिकप्टर दुर्घटना अपडेट : घटनास्थलबाट पाँचै जनाको शब फेला

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

साउन २३ काठमाण्डौँ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा क्याप्टेन सहित चार जना विदेशी नागरिकको मृत्यु भएको छ । घटनास्थल शिबपुरीबाट उनीहरुको शब फेला पारिएको बताईएको छ ।

शिवपुरी गाँउपालिकाको वडा नं ७ स्थित सूर्य चौरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’

उनीहरुको शबको पहिचान हुन बाँकी रहेको छ ।

अहिले सुरक्षाकर्मी घटनास्थलमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ