गुरु दक्षिण कार्यक्रममा स्वेच्छाले धार्मिक व्यक्तिहरुले दिए दक्षिण

गुरु दक्षिण कार्यक्रममा स्वेच्छाले धार्मिक व्यक्तिहरुले दिए दक्षिण

  • आइतवार, साउन २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बिरगंज १९ साउन । बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित तेरा पंथ जैन भवनमा श्री गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हिन्दु स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक तथा विभाग संघचालक अशोक बैधको सभापतित्व तथा समाजसेवी गणेश लाठको प्रमुख आतिथ्यमा सो श्री गुरुदक्षिणा समपर्ण उत्सव कार्यक्रम सम्पन्न भएको हो । श्रीगुरुदक्षिणा समपर्ण उत्सव कार्यक्रममा प्रमुख अतिथि लाठले सनातन धर्म आफुलाई बाल्यकाल देखि नै धेरै राम्रो लागेको बताए ।

उहाँले यसरी सनातन हिन्दु धर्मले आफ्नो संस्कार संस्कृतिलाई जोगाउन निरन्तरता र समय समेक्षा अनुसार अहिले लागिपरेकोमा आफू धेरै खुशी भएको समाजसेवी लाठले बताएका छन् । गुरु दक्षिणा कार्यक्रमका मुख्य वक्ता एवम् हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह प्रचारक श्री रेवित कुमार जीले अहिले सनातन धर्मलाई यो श्री गुरु दक्षिणा कार्यक्रममार्फत धेरै समाजसेवी उधोगपति तथा हिन्दु स्वयंसेवकहरु एक जुट हुने अवसर पाएको बताए । सनातन धर्मले संस्कृति संरक्षण गदै समाज निर्माण तथा राष्ट्रको पुनित कार्य गरिने उदेश्य रहेको मुख्य वक्ता रेवित कुमार जीले बताएका छन् ।

हिन्दु स्वयंसेवक संघ पर्साका जिल्ला संघचालक माधवराजपालले श्री गुरु दक्षिणा कार्यक्रमको मुख्य उदेश्य भनेको समाजमा आफ्नो धर्म संस्कृति एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्ने यो अभियान रहेको बताए । अहिले यो सनातन धर्मले संस्कार ,संस्कृति परामरागत भाषाको रक्षा तथा परामपरागत संस्कृतिको संरक्षण गर्ने काम समेत गरिएको बताएका छन् ।

संघ चलाउन स्वयंसेवक नै महत्त्वपूर्ण हो, स्वयंसेवक संघले आर्थिक संकलन गर्ने काम कहिले गदैन । स्वयंसेवकले भगवा धोजलाई गुरु मानेर आफ्नो इच्छा अनुसार गुरु दक्षिणा गरिन्छ जसरी संघ गुरु दक्षिणाबाट नै संघ चलिरहेको छ। सनातन धर्मलाई विश्वभर चिनाउने काम अहिले हरेक देशमा भइरहेको पर्सा जिल्ला संघचालक माधवराजपालले बताएका छन् । आज श्री गुरु दक्षिणा कार्यक्रममा बीरगंज उधोगपति ब्यापारी ,समाजसेवी ,सनातन धर्मका ब्यक्तिहरु र संघका स्वयंसेवकहरुले स्वछाचारी पुर्वक गुरु दक्षिणा गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ