‘विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’

‘विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’

  • शुक्रबार, साउन ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ, ११ साउन : सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद निशा डाँगीले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषय ऐनमै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेकाले पोसाक, पुस्तक र कापी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमा राख्नुपर्ने बताउनुभयो । संशोधनकर्ता अशोककुमार चौधरीले यौन शिक्षासँग सम्बन्धित विषय विद्यालयको तल्लो तहदेखि पाठ्यक्रममा राख्ने गरी विद्यालय शिक्षा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको सो विधेयकमाथि एक सय ५२ सांसदले संशोधन हाल्नुभएको छ ।

सांसद लेखनाथ दाहालले ऋण लिएर विद्यालयको भवन भव्य बनाउने तर विद्यार्थी र शिक्षक नहुने समस्या ऐनमार्फत समाधान गर्नुपर्ने धारणा राख्नुभयो । सांसद शिशिर खनालले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरी निजी विद्यालय अब्बल हुने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद विराजभक्त श्रेष्ठले पुरातन शैलीको शिक्षाभन्दा अहिलेको आधुनिक प्रविधिसँग सुहाउँदो विद्यालय शिक्षा प्रणाली बनाउन माग गर्नुभयो ।

विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण, विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरुपता र गुणस्तर कायम गरी विद्यालय सञ्चालनसम्वन्धी विषय व्यवस्थित गर्न तथा विद्यालय शिक्षासम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो । त्यसैगरी विद्यालय स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारवाही तथा अवकाशका विषयमा एकरुपता ल्याउन पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी