सौर्य जहाज दुर्घटनाः पोस्टमार्टम सकियो, शव पहिचानका लागि शुक्रबारसम्म लाग्ने

सौर्य जहाज दुर्घटनाः पोस्टमार्टम सकियो, शव पहिचानका लागि शुक्रबारसम्म लाग्ने

  • बिहिबार, साउन १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।
मृत्यु भएकाहरूको शव पहिचानका लागि शुक्रबारसम्म लाग्ने भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले परिवारले दिएको विवरणका आधारमा म्याचिङ गरेर मात्र हस्तान्तरण गरिने अस्पतालले जनाएको हो ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले मृतक १८ जनाकै पोस्टमार्टम सकिएको बताए । तर धेरै शव पहिचान गर्न नसकिने खालको भएकाले शुक्रबार बेलुकासम्म लाग्न सक्ने डा। चौधरीले जानकारी दिए । उनका अनुसार मृतक प्रिज्मा खतिवडा र उनका छोरा अधिराजको भने पहिचान भइसकेको छ ।

अन्य १६ जनाको भने परिवारले दिएको जानकारीका आधारमा पहिचान गरिने उनले बताए । परिवारले दिएको विवरणका आधारमा पनि पहिचान नभए डीएनए परीक्षण गरिने डा.चौधरीले बताए ।

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ। शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ