विमान दुर्घटनाका मृतकको शव परिवारले भोलि पाउने, पोष्टमार्टम आज पनि हुँदै

विमान दुर्घटनाका मृतकको शव परिवारले भोलि पाउने, पोष्टमार्टम आज पनि हुँदै

  • बिहिबार, साउन १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं,१० साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम आज पनि भइरहेको छ ।

पोष्टमार्टमका लागि तीन टोली खटिएको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ । एउटा शवको पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्ने चिकित्सकले बताएका छन् ।

पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सकहरु सहभागी छन् ।
सबै शवको पोष्टमार्टम गरेर शुक्रबार परिवार वा आफन्तलाई शव जिम्मा लगाउन सकिने पोष्टमार्टममा सहभागी चिकित्सकको भनाइ छ ।

बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ