स्रष्टालाई सम्मान गर्नु राज्यको दायित्व होः मन्त्री तामाङ

स्रष्टालाई सम्मान गर्नु राज्यको दायित्व होः मन्त्री तामाङ

  • बिहिबार, असार २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, २७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले स्रष्टाहरुको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ । बिहिवार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै मन्त्री तामाङले स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि भएकाले उनीहरुको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, भाषा, साहित्य, संस्कृति, इतिहास, संगीत तथा कलाको माध्यमबाट नेपाली समाजको सुधार र नेपाली साहित्य भण्डारको श्रीबृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएका निष्ठा र संर्घषका प्रतिमुर्ति स्रष्टाहरु तथा दलित मुक्ति आन्दोलन लगायतबाट समाज सुधारमा योगदान दिनुभएका व्यक्तित्वहरु, महिला हकहितका विषयमा उल्लेख्य योगदान गरेका महानुभावहरुलाई सम्मान गर्नु राज्यको दायित्वभित्र पर्दछ ।समाजलाई आफ्नो सिर्जनशिल लेखन मार्फत सहि मार्गदर्शन यीनै स्रष्टाहरुबाट हुनेमा पनि उहाँले जोड दिनुभयो ।

भाषा, साहित्य, संस्कृति, संगित एवं नाट्यलगायत विधा मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको उल्लेख गर्दै उहाँले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताउनुभयो ।

मन्त्री तामाङले स्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने पनि बताउनु भयो ।

उहाँले श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षहरुमा पनि पुरस्कार समर्पण कार्यलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्‍याउने ४७ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ