कन्चनपुर जिल्लाकै जेठो गणेश विद्यालय जहिल्यै चौधर नदीको चपेटामा

कन्चनपुर जिल्लाकै जेठो गणेश विद्यालय जहिल्यै चौधर नदीको चपेटामा

  • बिहिबार, असार २८, २०८१
  • डम्मर दत्त भट्ट

  • 7.5K
    SHARES

कञ्चनपुर, २७ असार । ६४ बर्षअघि स्थापना भएको कञ्चनपुरको एक जेठो विद्यालय जहिल्यै वाढीको चपेटामा पर्दै आएको छ । विस ०१७ सालमा स्थापना भएको गणेश माध्यामिक विद्यालय वाढीको चपेटामा पर्दै आएको हो । पञ्चायतकालिन समय ०१७ सालतिर तत्तकालिन रौतेली गाविस ७ मोहनपुरमा स्थापना भएको विद्यालय अहिलेपनि डुवान वाढीको चपेटामा पर्दै आएको छ ।

बेलडाँडी गाँउपालिका ५ ईमलियाको गणेश माध्यामिक विद्यालय वाढीको चपेटामा पर्दै आएको हो । १० माघ ०१७ सालमा तत्तकालिन रौतेलीविचुवाको मोहनपुर गाँउमा स्थापना भएको विद्यालय चौधर नदीको चपेटामा अहिलेसम्म पर्दै आएको छ ।
उत्तरी चुरे भएर बग्ने चौधर नदीको सिरानी गाँउमै रहेको विद्यालय वाढीकै कारण चपेटामा पर्दै आएको हो । ०४५ सालतिर चौधर नदीमा आएको वाढीले मोहनपुरमा रहेको विद्यालय उतिबेला क्षति भएर भुर्षा गाँउमा सारियो । भुर्षामा रहेको विद्यालय ०४७ सालको वाढीले फेरी क्षति गरेपछि ईमलिया गाँउमा सारिएको थियो । वाढीबाट बाँच्नका लागि सुरक्षित स्थान गर्दै आएको विद्यालय फेरी २४असार ०८१ सालमा चपेटामा परेको छ ।

०६५ सालमा चौधर नदी गाँउ पस्दा पनि गणेश माविका क्षति पुगेको थियो । १६ बर्षपछि फेरी चौधर नदीगाँउ पस्दा मुहानमै रहेको गणेश मावि फेरी चपेटामा परेको हो । चौधर नदीमा आएको वाढी गणेश माविको शिरानी उत्तरबाट महाकाली सिँचाईको नहर फुटाएर गाँउमा पस्दा विद्यालयमा ठुलो क्षति भएको छ । गणेश माध्यामिक विद्यालयका प्रद्यानाध्यापक जनक थापाले विद्यालय स्थापनादेखि तीन पटक वाढीकै कारण सारिएको बताए । प्रअ थापाले चौधर नदीमा आएको वाढीले पटक पटक विद्यालय विस्थापित र क्षति हुने गरेको बताए । ‘स्थापना भएको ६ दशकको अवधिमा दुई पटक विद्यालय नै स्थानान्तकरण गरियो, पटक पटक डुवानमा परियो,‘प्रअ थापाले भने, ‘दुई पटक विद्यालय बगाँउदा तेस्रो पटक यहाँ ईमलिया सारेका थियौँ, अहिले पनि वाढीकै चपेटामा परेका छौँ ।’

अहिले भौतिक तर्फ ठुलो क्षति नभएपनि शैक्षिक समाग्री नष्ट भएको प्रअ थापाले बताए । ‘०६५ सालको वाढीले पुरानो भवनमा क्षति गरेको थियो, ‘प्रअ थापाले भने, ‘अहिले त बढीजस्तो शैक्षिक समाग्री भिजेर नष्ट भएका छन ।’

प्रअ थापाका अनुसार विद्यालयको पर्खाल भत्किएको छ, खेल मैदानमा बालुवा भरिभराउ भएको छ । पुुस्ताकालय, स्टापकक्ष, कागजात, विद्युत, ईलेक्ट्रोनिक समाग्री, फर्निचक, शिक्षक, कर्मचारीका अभिलेक, सहितका शैक्षिक कागजात नष्ट भएका छन ।

‘चालु शैक्षिक सत्रको २३ असारसम्म त्र्राराईमासिक परीक्षा थिए, हामीले भोलीपल्ट २४ असारमा पनि विद्यार्थीलाई बर्खे विदाका लागि होमवर्क गर्न बोलाएका थिए, तर वाढीले विद्यार्थी आउनै सकेनन, ‘विद्यार्थी विद्यालय पुगेपछि वाढी आएको भए थप दुर्घटना हुन्थ्यो, अहिले त भौतिक तर्फ मात्रै क्षति भयो ।’

अहिलेको अवस्थामा विद्यालय संचालन गर्न नसकिने प्रअ थापाले बताए । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले फेरी १७ बर्षपछि चौधर नदी गाँउ पस्दा विद्यालय सहितका गाँउ डुवानमा परेको बताए । बेलडाँडी गाँउ प्रमुख रानाले वाढीले गाँउपालिकाभरी वाढीबाट क्षतिग्रस्थ सरचना शिघ्र पुर्ननिर्माण गरिने बताए ।

चारदिनदेखि भिषण रुपमा परेको अबिरल बर्षाले वाढीबाट जिल्लाकै पुरानो विद्यालय सहित दर्जनौँ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका अधिकृत राजेन्द्र प्रशाद भट्टले शैक्षिक क्षेत्रमा भएको क्षतिको विवरण संकलन भईरहेको बताए । वाढीले जिल्लाभरी हजारौँ घर परिवार डुवानदेखि ठाँउठाँउमा निजी र सरकारी सरचनामा क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी