माओवादी केन्द्र कञ्चनपुरले भन्यो,‘वाढीपीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण यथाशिघ्र गर्नुपर्छ’

माओवादी केन्द्र कञ्चनपुरले भन्यो,‘वाढीपीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण यथाशिघ्र गर्नुपर्छ’

  • बुधबार, असार २७, २०८१
  • डम्मर दत्त भट्ट

  • 4.5K
    SHARES

कञ्चनपुर ,असार २६ ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरले जिल्लाभरीका वाढीपीडित नागरिकलाई आवश्यक राहत दिनुपर्ने माग अघि सारेको छ ।
माओवादी केन्द्र कञ्चनपुरले जिल्लाभरीका वाढीपीडित नागरिकलाई आवश्यक राहत, निजी घर सहितका क्षति भएका सम्पतीको क्षतिपूर्ति र भत्किएका सार्वजनिक सरचनाको यथाशिघ्र पुर्ननिर्माणको माग अघि सारेको हो ।
वाढीबाट ज्यान गुमाएका पीडित परिवारलाई समेत राहतका कार्यक्रम, विस्थापितलाई आवश्यकता अनुरुपका खाद्यान्न सहितका भौतिक सहयोग राहतका कार्यक्तम संचालन गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका सचिप सहबीर सुनार र संयोजक खेमराज पाण्डेयद्वारा हस्ताक्षरित गरिएको प्रेस विप्तीमा वाढीको पुर्व तयारीदेखि उद्दार,राहत पुर्ननिर्माणका कार्यमा कुनैपनि कसर बाँकी नराख्न तीनै तहका सरकारसंग आब्हान गरेको छ । साथै माओवादीले पाटीका नेता कार्यकर्ताहरुलाई विपद्का बेला आ–आफ्ना क्षेत्रमा भईरहेको वाढी, प्रकोप, कटानी एव क्षतिग्रस्थ क्षेत्रमा उद्दार, एव पुर्ननिर्माणका कार्यमा जुट्न समेत अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ