कञ्चनपुर जिल्लामा वाढीको ताण्डप: डुबेर चारको मृत्यु, एक अझै वेपत्ता

कञ्चनपुर जिल्लामा वाढीको ताण्डप: डुबेर चारको मृत्यु, एक अझै वेपत्ता

  • सोमवार, असार २५, २०८१
  • डम्मर दत्त भट्ट

  • 4.7K
    SHARES

कञ्चनपुर, २४ असार ।
कञ्चनपुर जिल्लामा चार दिनदेखिको लगातारको भिषण बर्षाको ताण्डपले कञ्चनपुरका चार जनाको ज्यान गएको छ । भने, एक युवक वेपत्ता भएका छन । भिषण बर्षातकै कारण नवजात शिशुदेखि तीन किशोरीको ज्यान गएको छ, एक युवक नदीमा वेपत्ता भएका हुन ।
आइतबार चौधर नदी तर्ने क्रममा वेपत्ता भएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै फेला परेका छैनन । माछामार्न गएका चौधरी वेपत्ता भएको २४घण्टासम्म समेत फेला नपरेपछि घर परिवार आफन्तले आँस पाउने आसै मारेका छन । भने, लास पाउने प्रतिक्षामै छन ।
आइतरबार रातभरी परेको बर्षाले घरभित्र जलमग्न भएपछि कृष्णपुर नगरपालिका १ पहरियाका ७ महिने नवराज शिशुको सोमबार बिहानै मृत्यु भएको छ । आमासंगै सुतेका नवराज शिशु सोनु धानुक सुतेको खाटबाट खसेर पानीमा परेर मृत्यु भएको हो ।
सोमबार दिउँसो एक तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालयमा विदा भएपछि पुनर्वास नगरपालिका ५९ग०गाँउका तीन किशोरी विद्यार्थी गाँउघर नजिकै रहेको तालमा पौडेखेल्ने क्रममा डुबेर मृत्यु भएको हो । गौरीशंकर माविमा अध्ययनरत तीन किशोरीको एकै तालमा ज्यान गएको छ । लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटीको मृत्यु भएको हो । लक्ष्मी कक्षा ९ र आरती, सृजना १० कक्षामा अध्ययनरत छन । बोगटी किशोरीत्रय सबै आफन्त हुन । विद्यालयमा विदा भएपछि उनीहरु दौतरी घुम्न तारतिर गएका थिए । भिषण बर्षाका कारण तारमा पानीको सतह बढेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाएको बताए । वेपत्ता युवकको खोजीकार्य रहेको प्रवक्ता जोशीले बताए । यस बर्ष मनसुनको शुरुवातमै चार जनाले ज्यान गुमाईसकेका छन । भने, एक वेपत्ता भएका छन । बर्षाका बेला अनावश्यक घर बाहिर ननिस्किन समेत प्रशासन, प्रहरी सहितका सरोकारवाला निकायले आब्हान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ