बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक, दुई भनेकोमा ४ बिद्यालय निल

बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक, दुई भनेकोमा ४ बिद्यालय निल

  • सोमवार, असार २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो।

पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले परीक्षा दिएको, ५२ जना उत्तीर्ण भएको र २ विद्यालय निल गएको उल्लेख गरिएको थियो। तर वास्तविक तथ्याङ्क अनुसार ४०३ विद्यार्थीले परीक्षा दिएको, ४६ जना मात्र उत्तीर्ण भएको र ४ विद्यालय निल गएको शिक्षा समन्वय इकाई हेटौंडाले जनाएको छ।

गाउँपालिकाभित्रका ११ विद्यालयमध्ये ४ वटा विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो तथ्यलाई लुकाएर पालिकाले २ विद्यालय मात्र निल गएको भनी झुटो जानकारी दिएको पाइएको छ।

बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङले स्पष्टीकरण दिँदै भने, “कालिका माविमा गत वर्ष असफल भएका एक पूरक परीक्षार्थी यस पटक उत्तीर्ण भए पनि नियमिततर्फ भने एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको हो।” उनका अनुसार, कालिका माविका प्रधानाध्यापकले कुल १७ जना मध्ये १६ जना नियमिततर्फ र १ जना पूरक परीक्षार्थी रहेको र पूरकतर्फका परीक्षार्थी मात्रै उत्तीर्ण भएको जानकारी गराए पनि विवरण तयार पार्नेले नबुझ्दा एकजना उत्तीर्ण भएको भन्ने भ्रम सिर्जना भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी