एसइई परीक्षा ०८० भीमदत्त नगरका तीन विद्यालय उत्कृष्ट महेन्द्रनगर मावि साधारण, शान्ति निकेतन मावि र जेसिज माविलाई सम्मान

एसइई परीक्षा ०८० भीमदत्त नगरका तीन विद्यालय उत्कृष्ट महेन्द्रनगर मावि साधारण, शान्ति निकेतन मावि र जेसिज माविलाई सम्मान

  • बिहिबार, असार २१, २०८१
  • डम्मर दत्त भट्ट

  • 4.9K
    SHARES

कञ्चनपुर, असार २० । कञ्चनपुरको भीमदत्त नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा९एसइई०मा उत्कृष्ट नतिजा ल्याउने तीन सामुदायिक विद्यालयलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको एसइई परीक्षमा उत्कृष्ट नतिजा ल्याउने भीमदत्त नगरका तीन सरकारी विद्यालयलाई सम्मान गरेको हो ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगरका २६ सामुदायिक विद्यालय मध्ये उत्कृष्ट नतिजा ल्याउने क्रमस पहिलो, दोस्रो र तेस्रो स्थानमा विद्यार्थी उर्तिण भएका विद्यालयलाई सम्मान गरिएको बताए । भीमदत्त नगरपालिकाको तथ्याङ्क अनुसार महेन्द्रनगर नमुना मावि नगरकै सामुदायिक विद्यालय मध्ये प्रथम भएको छ । २९२विद्यार्थी मध्ये २६१उर्तिण भएका छन । महेन्द्रनगर नमुना मावि ९साधारण० ले ८९प्रतिशत नतिजा ल्याएको छ ।

दोस्रोमा जेसिज मावि राजिपुर भएको छ । जेसिज माविका ८१विद्यार्थी मध्ये ३५ उर्तिण भएका छन । जेसिजले ५७ प्रतिशत नजिता ल्याएको छ । तेस्रोमा शान्ति निकेतन मावि भएको छ । शान्ति निकेतन माविका ५५ विद्यार्थी मध्ये २८ उर्तिण भएका छन । शान्ति निकेतनले ५१प्रतिशत नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, समाजिक विकास समिति संयोजक शुशिल भट्ट, शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले तीनै विद्यालयका अध्यक्ष तथा प्रद्यानाध्यापकलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, समाजिक विकास समिति संयोजक शुशिल भट्ट, शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी दिनमा थप रिजल्ट र अति नै चिन्ताजनक रिजल्ट ल्याएका विद्यालयलाई अहिले ग्रेटबृद्धिदेखि आगामी दिनमा सुधारमा निर्देशन दिएका छन । नतिजा चिन्ताजनक आएका विद्यालयका शिक्षकहरुले फरक फरक गुनासा पोखेका छन । विषयगत दरबन्दीदेखिका सहयोगका कार्यक्रममा जोडदिएका छन । महेन्द्रनगरमा माविका अध्यक्ष बिरेन्द्रराज विष्ट, प्रअ देवराज भट्ट, शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट, प्रअ पुष्पराज ओझा, जेसिज मावि राजिपुरका प्रअ बिमला बोगटीले उत्कृष्टताको प्रमाण पत्र ग्रहण गर्दै आगामी दिनमा थप विद्यालयको स्तर बृद्धिमा प्रतिबद्धता जाहेर गरेका छन ।

महेन्द्रनगरमा माविका अध्यक्ष बिरेन्द्रराज विष्टले आउँदो शैक्षिक सत्रमा थप शैक्षिक गुणस्तरबृद्धि गरिने बताए । शान्ति निकेतन माविका प्रअ पुष्पराज ओझाले आगामी शैक्षिक सत्रदेखि थप शैक्षिक गुणस्तर बृद्धि गरेर विद्यार्थी संख्या थप उर्तिण गराउने बताए । जेसिज मावि राजिपुरकी प्रअ बिमला बोगटीले पनि आगामी शैक्षिक सत्रमा थप विद्यार्थी संख्या उर्तिण गराउने गरेर मेहनत गर्ने बताईन ।
शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टले विद्यालयले आगामी शैक्षिक सत्रदेखि उच्च मेहनतका साथ शैक्षिक गुणस्तर सुधारका कार्यक्तम गर्ने बताउँदै राज्यका निकायबाट विद्यालयलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोडदिएका छन ।

भीमदत्त नगरको तथ्याङ्क अनुुसार सिद्धनाथ मावि गड्डाचौकीका ४६मध्ये, ३, बैजनाथ मावि महेन्द्रनगरका ७०मध्ये १६, लक्ष्मी मावि बागफाँटाका ५५मध्ये १५, बैजनाथ मावि तिकपुरका १६मध्ये १ , महेन्द्रनगर माविका ३६मध्ये ९, सरस्वती मावि परखेडीका ३९मध्ये ४, महेश्वर मावि सुकासालका ५९मध्ये २३, सरस्वती मावि महुलियाका ३७मध्ये ७, बैजनाथ सिद्धनाथ मावि मटैनाका २३मध्ये १०, सिद्धनाथ मावि ब्रम्हेदबका ५३मध्ये ४, सिद्धनाथ मावि जिमुवाका ५०मध्ये ११, पूर्ण मावि ऐरीका १३३मध्ये २२, सत्यवादी मावि वनगाँउका २१मध्ये ९,जनसेवा मावि हल्दुखालका ४५मध्ये ८, महाकाली जनसेवा मावि हल्दुखालका ४३ मध्ये ६, त्रिभुवन मावि तिलाचौरका ३५मध्ये ६, जानकी कन्या माविका १७मध्ये २, निङलाशैनी मावि गोबरैयाका ६६ मध्ये २५, युवा बर्षमावि तिलकेनीका ३९मध्ये ४, बैजनाथ मावि तिकपुरका १६मध्ये १ सिद्धनाथ मावि बडैपुरका २४मध्ये १ विद्यार्थी उर्तिण भएका छन । लक्ष्मी मावि खैरभट्टी र पञ्चकृत मावि निल भएको छ । लक्ष्मीका १३ र पञ्चकृतका २४ विद्यार्थीले एसइई दिएका थिए ।
भीमदत्त नगरका २६विद्यालयका १हजार ४३०विद्यार्थी मध्ये ५सय २०मात्रै विद्यार्थी उर्तिण भएका छन । भीमदत्त नगरमा पनि आधा भन्दा कम विद्यार्थी उर्तिण भएको यस विषयमा अभिभावक, शिक्षा अगुवाहरुले विद्यार्थी, शिक्षकले अथक मेहनत गर्नुपर्नेमा जोडदिएका छन ।
Dambar
Dambar Bhatta

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी