कञ्चनपुरको भगवती सामुदायिक वनद्वारा उपभोक्तालाई ग्याँस चुलो वितरण

कञ्चनपुरको भगवती सामुदायिक वनद्वारा उपभोक्तालाई ग्याँस चुलो वितरण

  • बिहिबार, असार २१, २०८१
  • डम्मर दत्त भट्ट

  • 3.9K
    SHARES

कञ्चनपुर, २० असार । कञ्चनपुरको एक सामुदायिक वनले उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको छ । शुक्लाफाँटा नगरपालिका ८पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समुहले उपभोक्तालाई खाना पकाउने ग्याँस चुलो वितरण गरेको हो ।
बिहीबार एक कार्यक्रमका विच भगवती सामुदायिक वनले उपभोक्तालाई एलपी ग्याँस र चुलो वितरण गरेको हो । भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले वनमाथिको दाउराको चाप कम गर्नका लागि सामुदायिक वनका ९० उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरिएको बताए ।
‘हामीले ५०प्रतिशत अनुदारमा एकै पटक ठुलो संख्यामा उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरेका छौँ, ‘उनले भने, ‘यसबाट उपभोक्ताहरुले वनमाथि दाउराको भार कम गर्छ ।’ अध्यक्ष धामीले विगतमा पनि गरेको र भावि दिनमा पनि वितरण गर्ने बताए । ‘उपभोक्ताहरुलाई खाना पकाउनका लागि ग्याँस चुलो वितरण गरेपछि उनीहरु दाउराका लागि वनमा जाँदैनन, ‘अध्यक्ष धामीले भने, ‘एकातिर वनमाथि दाउराको भार कम अर्कातिर पर्यावरण सरक्षण हुन्छ, उपभोक्ताको समय समेत बचत हुन्छ ।’ ५० प्रतिशत अनुदानमा सामुदायिक वनका उपभोक्ताहरुले ग्याँस चुलो पाएपछि हर्षित भएका छन । उनीहरुले खाना पकाउने ग्याँस चुलो पाएपछि वनमा दाउराका लागि जाने बाध्यता हटेको बताएका छन । सामुदायिक वनले आ–आफ्ना उपभोक्ताहरुलाई यसरी खाना पकाउने ग्याँस चुलो वितरण गरेसंगै वनमाथिको भार कम हुँदै जाने सरक्षणकर्मीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ