असार १४ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले देशमा श्रम संस्कृतिलाई जोड दिनु पर्ने बताउनु भएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको संस्कृति महाशाखाले आयोजना गरेको संस्कृति सम्बन्धि मस्यौद्धाको सुझाव संललनका लागि आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तामाङले श्रम संस्कृतिलाई उपेक्षा गर्ने विगतको संस्कृति नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताउनु भएको हो ।
संविधान आफैंमा समाजवादमा आधारित संस्कृति उन्मुख रहेको भन्दै मन्त्री तामाङले पछिल्लो राजनीतिक परिवर्तन पछि गणतन्त्र आएकाले अब कुनै पनि सांस्कृतिक एजेण्डामा गणतन्त्र उल्लेख हुनु पर्नेमा जोड दिनुभयो ।
नेपालमा बहुल संस्कृति रहेको भन्दै त्यो बहुलताभित्र समानता र एकता निर्र्मांणको विषय समेटिनु पर्ने भन्दै मन्त्री तामाङले श्रम संस्कृतिलाई बढृुवा दिने खालको नीति लिनु पर्नेैमा मन्त्री तामाङले जोड दिनु भयो ।

उहाँले भन्नुभया, ‘हाम्रो संस्कृति नीति गलत छ। वैज्ञानिक र आधुनिक संस्कृतिको विकास गर्नेबारे पनि छलफल हुनुपर्छ। आधुनिक संस्कृतिको विकास नगरौँ भन्ने हो भने नेपालको संविधानले समाजवादी संस्कृतिको विकास गर्ने भनेर त उल्लेख गरेको हो नि। अहिलेको संविधान आफैँमा समाजवादउन्मुख संविधान हो। त्यसकारण समाजवादी संस्कृतिको विकास गर्ने कुरामा खुलेर आउन आवश्यक छ।’
अहिले धर्म र संस्कृतिलाई एकै ठाँउमा जोड्ने गरिएको भन्दै उहाँले यसलाई अलग अलग रुपमा बुझ्नु पर्ने र सोहि अनुसार संस्कृति नीतिमा समावेश गराउनुपर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रमको उदेश्य बारे स्पष्ट पार्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुख डा. सुरेश सुरस श्रेष्ठले यो संस्कृति नीति सम्बन्धि छलफलको अन्तिम चरण भएकाले लिखत वा मौखिक रुपमा राय सुझव पेश गर्न आग्रह गर्नु भएको थियो ।

संस्कृति नीति २०८१ को मस्यौदामाथिको छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले उत्पादनसँग सस्कृतिलाई जोडेर नीतिमा नै आउनुपर्नेमा जोड दिएका थिए । उत्पादन हराएमा नेपालको संस्कृतिसमेत नबच्ने भन्दै उनीहरुले नीतिमा नै यसलाई समावेशगरि सांस्कृतिक दुत राख्ने व्यावस्था पनि मस्यौदामा थप्न सुझाव दिएका थिए । यस्तै लेखक सर्जकलाई श्रृजनाबाट बाच्न सक्ने अवस्था बनाउनका लागि कोष निर्माण गर्ने कुरा समेत राख्न आवश्यक रहेको उनीहरुले औल्याएका थिए ।
